नियम ३८
प्रशासकीय व्यवस्था र अधिकार प्रत्यायोजन
(१) कर्मचारी प्रशासन सम्बन्धमा यस नियमावलीबमोजिम नायव महान्यायाधिवक्ताले प्रयोग गर्ने अधिकार तथा आर्थिक प्रशासन सम्बन्धमा प्रचलित कानूनबमोजिम नेपाल सरकारको सचिवलाई प्राप्त हुने अधिकार निजले प्रयोग गर्न पाउने हदसम्म महान्यायाधिवक्ताको कार्यालयको वरिष्टतम् नायव महान्यायाधिवक्ताले प्रयोग गर्नेछ ।
(२) महान्यायाधिवक्ताले यस नियमावली र नेपाल सरकारको निर्देशनको अधीनमा रही सरकारी वकील प्रशासनको रेखदेख, सञ्चालन एवं नियन्त्रण गर्न समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित अधिकारीको कर्तव्य हुनेछ ।
(३) प्रचलित कानूनको अधीनमा रही महान्यायाधिवक्ताले नेपाल सरकारको हक हित तथा सरोकार रहेको मुद्दा मामिला वा कानूनी विषयमा दिएको निर्देशनको पालना गर्नु गराउनु सम्बन्धित अधिकारीको कर्तव्य हुनेछ ।
(४) प्रचलित कानूनको अधीनमा रही महान्यायाधिवक्ता र विभागको प्रमुखले आफ्नो अधिकारमध्ये आवश्यकतानुसार केही अधिकार आफू मातहतको कर्मचारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।